मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Monday, 10 August, 2026
गगन अयडी बाजुरा
२o७९ मङ्सिर ८ बिहीबार १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यालयको भवनमा सशस्त्रको क्याम्प 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १७:o९:oo

बाजुरा जिल्ला बडीमालिका नगरपालिकामा रहेको बाल मन्दीरआधारभूत विद्यालयको भवनमा सशस्त्रको क्याम्प बसेको छ। विद्यालय सञ्चालन भइरहेकै अवस्थामा सशस्त्र प्रहरीको क्याप विद्यालयको भवनमा बसिरहेको हो। 

विद्यालय प्रधानाध्यापक सुशीला थापाले चुनावको पछिल्लो दिन (५ मंसिर) राति सशस्त्रले एकरात आफ्नो हतियार राख्न मागेकोले दिएको बताइन्। तर एक रात भने पनि अहिलेसम्म सशस्त्रले विद्यालयको भवनलाई क्याम्प बनाएको छ। 

बाजुरा जिल्ला शस्त्र प्रहरीका डिएसपी भिम चौधरीले विद्यालयमा बस्न नहुने थाहा हुँदाहुँदै पनि अन्त ठाउँ नभएकोले बस्नु परेको प्रतिक्रिया दिए। सहाय प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले भने शस्त्रको क्याप आजै नै विद्यालयबाट हटाउन लगाउने बताए।