मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:४५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सबैको नजर रोनाल्डोमा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:४५:००

म्यानचेस्टर युनाइटेड मंगलबार मात्रै छाडेका क्रिस्टियानो रोनाल्डो स्टेडियम ९७४ मा उपस्थित हुँदा दर्शकको नजर उनीमाथि नै हुने पक्का छ । युनाइेटडका प्रशिक्षक टेन हागसँग सुमधुर सम्बन्ध नभएपछि रोनाल्डोले क्लब छोडेका हुन् । क्लबविहीन रहेका रोनाल्डोलाई अब राष्ट्रको मात्रै चिन्ताले सताउनेछ । पाँचौँपटक विश्वकप खेल्दै गरेका रोनाल्डोले पहिलोपटक ट्रफी उचाल्ने सपना बोकेका छन् । 

सम्भवतः अन्तिम विश्वकप खेल्दै गरेका रोनाल्डो सम्मिलित पोर्चुगलले घानासँग प्रतिस्पर्धा गर्दै कतार विश्वकप यात्रा सुरु गर्नेछ । समूह ‘एच’को खेलमा रोनाल्डो स्वाभाविक लयमा फर्किएको देखाउन चाहन्छन् । अफ्रिकन टोलीविरुद्ध रोनाल्डो उत्कृष्ट प्रदर्शन गर्दै मानसिक दबाबमुक्त रहेको संकेत गर्नेछन् । फर्नान्डो सान्तोषको पोर्चुगल घानाविरुद्ध जित निकाल्दै प्रिक्वार्टरफाइनलको सम्भावना बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नेछ ।

यसपटक पोर्चुगल रोनाल्डोमा मात्रै केन्द्रित हुनेछैन । पोर्चुगलसँग ब्रुनो फर्नान्डेज, बर्नार्डाे सिल्भा, राफेयल लिआ, रुवेन डिआस, नुनो मेन्डिज, जोआओ कन्सेलोजस्ता खेलाडीको राम्रो साथ छ । पछिल्लो पाँच संस्करणमध्ये चारपटक अन्तिम १६ बाट माथि बढ्न सकेको छैन । सन् १९६६ र २००६ मा मात्रै टोली सेमिफाइनल पुगेको छ । घानाका खेलाडी आन्द्रे आयेव कतारी क्लब अल सादबाट खेल्दै आएका छन् । मध्यपूर्वी एसियाली मुलुकको वातारणसँगको राम्रो घुममिल रहेका आन्द्रेले घानाको लक्ष्यलाई राम्रो साथ दिन सक्छन् ।