१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ७ बुधबार १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतगणनाको माग गर्दै दोलखामा राँके जुलुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १८:२४:oo

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको मतगणनाको माग गर्दै गठबन्धन दलका युवा संगठनले राँके जुलुस गर्दै विरोध जनाएका छन्। 

निर्वाचन सकिएको ३ दिन भैसक्दा पनि मतगणना सुरु नगरेको भन्दै निर्वाचन आयोग र मातहतका निकायविरुद्ध राँके जुलुस सहित नाराबाजी गर्दै विरोध जनाएका हुन्। 

राँके जुलुसमा कांग्रेसको भातृ संगठन तरुण दल , माओवादीको युवा संगठन वाइसिएल र नेकपा एकीकृत समाजवादीको युवा संगठनका कार्यकर्ताहरु संलग्न छन्। उनीहरुले जिल्ला न्यायाधीश एवं दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको राजिनामा माग गर्दै उनको पुत्ला समेत दहन गरेका छन्। 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै एमाले दोलखाका उम्मेदवारहरुले निर्वाचन आयोगमा पुनः मतदान गराउन भन्दै उजुरी गरेका थियो।

सोही उजुरीका कारण निर्वाचन आयोगले तत्काल मतगणना नगर्न निर्देशन गरेका कारण मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।