कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा (ख)मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीलाई चार हजार ८१२ मत अन्तरले पराजित गदै गुरुङले बाजी मारेका हुन्। विजयी गुरुङले १४ हजार ४७३ र भण्डारीले नौ हजार ६६१ मत ल्याएका छन्।
यस क्षेत्रमा सातजना उम्मेदवार रहेका थिए। ५२ हजार ८६२ मतदाता रहेको यस क्षेत्रमा ३२ हजार ४४९ जनाले मतदान गरेका थिए। खसेको कुल मतमध्ये एक हजार २५३ मत बदर भएको छ।