१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०८:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

लेदर ज्याकेट किन्दै हुनुहुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०८:४६:००

जाडो मौसममा छाला (लेदर)को ज्याकेटकोे माग बढी हुन्छ । यसले शरीर न्यानो राख्नुका साथै स्मार्ट लुक्स पनि दिन्छ । कतिपय ग्राहकले रेडिमेड लेदरका ज्याकेट बनाउन लगाउँछन् भने केहीले लुगाको अर्डर गरेर पनि लगाउँछन् । कतिपय ग्राहक तयार भएकै ज्याकेट किन्छन् । अर्डर गरेर सिलायो भने कटिङ, सिलाइ–बुनाइदेखि डिजाइन पनि राम्रो देखिन्छ । रेडिमेड तपाईंको शरीरमा नमिल्न सक्छ । अर्काे, तपाईंको आफ्नो रोजाइअनुसार नहुन पनि सक्छ । लेदरका ज्याकेट खोज्दै ग्राहक बजारमा डुल्छन् । तपाईंलाई न्यानो बनाउन र स्मार्ट पनि देखिन डिजाइनअनुसार ज्याकेट सिलाएर लगाउँदा उत्तम हुन्छ । 

नेपाली बजारमा विभिन्न प्रकारका लेदरका ज्याकेट पाइन्छ । विशेषगरी, पछिल्लो समय बजारमा शुद्ध छाला (लेदर) र अर्काे मिसावट लेदर ज्याकेट पनि भेटिन्छ । शुद्ध लेदर ज्याकेट कम्तीमा ६–८ वर्ष टिक्छ । यसको मूल्य साधारणतया १५ हजारदेखि माथि पर्न आउँछ । ज्याकेटको साइज र डिजाइन हेरेर पनि मूल्य फरक पर्न सक्छ । यद्यपि, बजारमा चार–पाँच हजार रुपैयाँसम्म पनि लेजर ज्याकेट पाइन्छ । यसलाई लेदरजस्तै कपडा हालेर बनाएर सिलाइएको हुन्छ । तर, त्यो क्वालिटीको हुँदैन । पुरानो हुँदै गएपछि यसको छाला उप्किँदै जान्छ । 

शुद्ध लेदरबाहिर खस्रो र भित्र नरम हुन्छ । प्रायः नक्कली लेदर बाहिर चिल्लो हुन्छ । मूल्यका आधारमा पनि सक्कली र नक्कली थाहा पाउन सकिन्छ । लामो समयदेखि लेदरका सामग्री प्रयोग गर्दै आएको मान्छेले नक्कली र सक्कली लेदर सजिलै छुट्याउन सक्छन् । 

अर्काे, लेदरको ज्याकेटलाई लामो समयसम्म हावा नछिर्ने ठाउँमा गुम्स्याएर राख्यो भने सेतो ढुसी आउँछ । जाडो मौसम सकिएपछि यसलाई खुला ठाउँमा राख्नुपर्छ । तर, सेतो ढुसीलाई स्पे्र गरेर टल्काउन पनि मिल्छ । सकेसम्म हावा नछिर्ने ठाउँमा नराखेको राम्रो हुन्छ । त्यस्तै, लेदर ज्याकेटमा पानी पार्नु हुँदैन । कपितयले बिर्सिएर पानीले पनि धोएको पाइन्छ । यसलाई बिर्सिएर पनि धुनुहुँदैन । लेदर ज्याकेटलाई पानी नपारी लगायो भने तपाईंले लामो समय लगाउन सक्नुहुन्छ ।