मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ मङ्सिर ५ सोमबार २३:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा कांग्रेसले थप्यो सिट, मनाङबाट टेकबहादुर गुरुङ विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार २३:०१:००

हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङ ३ सय २८ मतान्तरले एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याए। एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

कूल मतदाता ६ हजार ७ सय ७९ रहेको   मनाङमा ४ हजार ८ सय ४५ मत खसेको थियोे जुन  ७१ दशमलब ४७ प्रतिशत मत हो ।