१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Monday, 30 June, 2025
२o७९ मङ्सिर ४ आइतबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा ६० प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १७:३६:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको आइतबार भएको  मतदानमा लमजुङमा ६० प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण सापकोटाका अनुसार लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामा ८० हजार ९१७ मत मात्रै खसेको छ। जिल्लामा ४२ हजार ९ सय ३२ महिला र ३७ हजार ९ सय ८५ पुरुषले मतदान गरेका छन्।

लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।  स्थानीय तहको निर्वाचनमा लमजुङमा ७० प्रतिशत मत खसेको थियो।

जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।  प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधिसभातर्फ ११ तथा प्रदेश (क)मा ५ र प्रदेश (२)मा ६ जना चुनावी मैदानमा  छन्।