१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Monday, 01 July, 2024
तिवारी यादव वीरगन्ज
२o७९ मङ्सिर ४ आइतबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा ३३ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १४:५१:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा पर्सामा ३३ प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म ३३ प्रतिशत मत खसेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए। 

बिहानको समयमा कम मत खसे पनि दिउँसो मतदान स्थलमा भिड देखिएको उनले बताए। क्षेत्र नम्बर १ मा ४४ हजार १ सय पुरुष, ३३ हजार ५ सय ७८ महिला र २ जना अन्य गरी ७७ हजार ८ सय ७९ मतदाता छन्। यस क्षेत्रमा ३४ वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र रहेका छन्।

यस्तै क्षेत्र नम्बर २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार ८ सय ८७ महिला र अन्य ४ जना गरी ८६ हजार ९ सय ६६ मतदाता छन्। ३८ वटा मतदान स्थल र १ सय ३ वटा मतदान केन्द्र रहेको छ।

अधिकारीका अनुसार क्षेत्र नम्बर ३ मा ५१ हजार ३ सय ६६ पुरुष, ३९ हजार ६२ महिला र अन्य ४ जना गरी ९० हजार ४ सय ३२ मतदाता छन्। यहाँ ४७ वटा मतदान स्थल १ सय ९ वटा मतदान केन्द्र छन्।

क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल र १ सय १२ मतदान केन्द्र छन्। यस क्षेत्रमा जम्मा ९० हजार ८ सय ५१ मतदाता संख्या छ। जुन पर्साका चारै क्षेत्रमध्ये सबैभन्दा धेरै हो। यहाँ ५० हजार ३ सय ६४ पुरुष, ४० हजार ४ सय ८१ महिला र अन्य ६ मतदाता रहेका छन्।

ad
ad
ad
ad