१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
टेकराज थामी काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १८:१४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कहाँ कति परिचालित हुँदैछन् सुरक्षाकर्मी ?

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार १८:१४:००

४३% म्यादी तराईका २० जिल्लामा

यसरी खटाइएकाे छ निर्वाचनमा म्यादी र नेपाल प्रहरी

सामान्य निर्वाचनस्थल 

  • नेपाल प्रहरी – ३
  • म्यादी – ५

संवेदनशील निर्वाचनस्थल 

  • नेपाल प्रहरी – ३
  • म्यादी – ६

अतिसंवेदनशील निर्वाचनस्थल 

  • नेपाल प्रहरी – ३
  • म्यादी – ९

नेपाल प्रहरीले निर्वाचनस्थलको सुरक्षा संवेदनशीलताका आधारमा आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने भएको छ । अतिसंवेदनशील निर्वाचनस्थलमा १२, संवेदनशीलमा नौ र सामान्यमा आठजना सुरक्षाकर्मी खटाउने तयारी गरेको हो । निर्वाचन आयोगका अनुसार मुलुकभर १० हजार ८९२ निर्वाचनस्थल तोकिएका छन् । यी निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् । जसअनुसार तीन हजार ४१२ स्थल अतिसंवेदनशील सूचीभित्र परेका छन् । यी निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका ३ र म्यादी ९ गरी १२ जना सुरक्षाकर्मी खटिनेछन् । 

चार हजार ४२० स्थल संवेदनशील सूचीभित्र परेका छन् । उक्त स्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । त्यस्तै, तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । उक्त स्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठजना सुरक्षाकर्मी खटिनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले मुलुभरका निर्वाचनस्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको र सोही आधारमा नेपाल प्रहरी र म्यादी प्रहरीका सुरक्षाकर्मी खटाउने तयारी भएको बताए । उनले भने, ‘मुलुकभर १० हजार आठ सयभन्दा धेरै निर्वाचनस्थल निर्धारण गरिएका छन् । सुरक्षा संवेदनशीलताका आधारमा हामीले त्यसलाई तीन खण्डमा विभाजन गरेका छौँ । सोही आधारलाई विश्लेषण गरेर नेपाल प्रहरी र म्यादी प्रहरी खटाउने तयारीमा नेपाल प्रहरी जुटेको छ ।’

०७४ को निर्वाचनमा जस्तो अहिले मुलुकमा सशस्त्र समूहका गतिविधि क्रियाशील छैन । ०७४ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको समूहले आफ्ना सशस्त्र गतिविधि तीव्र बनाएका थिए । तर, यसपटक दुवै समूह शान्तिपूर्ण बाटोमा अवतरण भइसकेका छन् । सरकारले यसपालि यस्ता समूहको खतरा नदेखे पनि अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्यलाई सुरक्षा चुनौती ठानेको छ । त्यसबाहेक विगत चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमि, निर्वाचनप्रति जनताको धारणालगायतका विषयलाई पनि सरकारले सुरक्षा चुनौती ठानेको छ । सोही आधारमा मुलुकभरका निर्वाचनस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन खण्डमा वर्गीकरण गरेको नेपाल प्रहरीको भनाइ छ । 

नेपाल प्रहरीका डिआइजी टेकप्रसाद राईले भने, ‘निर्वाचनमा सुरक्षा थ्रेटका केही ‘पारामिटर’ हामीले बनाएका छौँ । सोही आधारमा निर्वाचनस्थल तीन खण्डमा वर्गीकरण भएका हुन् । यसमा अन्तरपार्टी विवाद र पार्टीगत बाहुल्य, चुनावका गतिविधि, भौगोलिक विकटता, सञ्चार तथा प्राविधिक समस्या, उम्मेदवारको पृष्ठभूमिलाई हामीले आधार बनाएका छौँ ।’

४३% म्यादी तराईका २० जिल्लामा खटाइने
 

सरकारले तराईका करिब २० जिल्लालाई सुरक्षा संवेदनशीलताका आधारमा उच्च प्राथमिकतामा राखेको छ । भर्ना गरिएका कुलमध्ये ४३.७० प्रतिशत म्यादी ती जिल्लामा खटाउने नेपाल प्रहरीको तयारी छ । जसमध्ये सबैभन्दा धेरै मोरङमा खटिनेछन् ।

तथ्यांकअनुसार मोरङमा तीन हजार ६१६ म्यादी प्रहरी खटिनेछन् । त्यसपछि धनुषामा तीन हजार ४८६, झापामा तीन हजार ४९०, सर्लाहीमा तीन हजार ३०७, सप्तरीमा तीन हजार दुई ७८, बारामा तीन हजार १४४ र रुपन्देहीमा तीन हजार ९५ म्यादी प्रहरी खटिनेछन् । त्यसबाहेक काठमाडौंमा पनि धेरै म्यादी प्रहरी खटिनेछन् । तथ्यांकअनुसार काठमाडौंमा तीन हजार २७९ म्यादी प्रहरी खटाउने तयारी छ । 

त्यस्तै, गोरखा, काभ्रे, स्याङ्जा चितवनमा पनि अन्य स्थलको तुलनामा धेरै म्यादी प्रहरी खटिनेछन् । गोरखामा एक हजार नौ सय ४९, चितवनमा एक हजार नौ सय ४९, काभ्रेमा एक हजार आठ सय ८७ र स्याङजामा एक हजार सात सय ९२ म्यादी प्रहरी खटिनेछन् । 

सुरक्षा संवेदनशीलताका आधारमा सबैभन्दा कम म्यादी प्रहरी मनाङमा खटिनेछन् । प्रहरीका अनुसार मनाङमा जम्मा दुई सय २८ मात्रै म्यादी प्रहरी खटिनेछन् । त्यसपछि मुस्ताङमा दुई सय ८५, रसुवामा तीन सय ३०, रकुम पूर्वमा चार सय ५०, तेह्रथुममा चार सय ९१, हुम्लामा पाँच सय ३८, डोल्पामा पाँच सय ४३ म्यादी प्रहरी खटिने नेपाल प्रहरीको भनाइ छ । 

प्रदेश अनुसार म्यादी प्रहरी सबैभन्दा धेरै मधेस प्रदेशमा खटिनेछन् । प्रहरीका अनुसार मधेस प्रदेशमा मात्रै २३ हजार सात सय ७१ म्यादी प्रहरी खटिनेछन् । त्यसपछि बागमती प्रदेशमा १९ हजार ६ सय ७८, प्रदेश १ मा १९ हजार पाँच सय ६३, लुम्बिनिमा १८ हजार ६ सय ११, गण्डकीमा १२ हजार तीन सय ४०, सुदूर पश्चिममा ११ हजार पाँच सय ५९, र कर्णालीमा नौ हजार ७८ म्यादी प्रहरी खटिनेछन् । 

जिल्लामा खटिने म्यादी प्रहरी :
जिल्ला         म्यादी प्रहरी
मोरङ–           ३,६१६
धनुषा–           ३,४८६
झापा–            ३,४९०
सर्लाही–          ३,३०७
काठमाडौं –    ३,२७९
सप्तरी –         ३,२७८
बारा –           ३,१४४
रुपन्देही –      ३,०९५
रौतहट–         २,९३९
कैलाली –       २,८१२
सिरहा–         २,८०९
महोत्तरी–       २,८०१
सुनसरी –       २,४९५
कपिलबस्तु –  २,४४०
पर्सा–            २,००७
बाँके –          १,९५९
चितवन –      १,९४९
गोरखा –       १,९४९
दाङ –         १,९२०
बर्दिया–        १,५३४
स्याङ्जा –    १,७९२
काभ्रे –         १८८७
मकवानपुर - १,६९१
धादिङ–      १,६८८
कञ्चनपुर –  १,६३२
कास्की –     १,५९६
नुवाकोट –   १,५२०
सिन्धुपाल्चोक- १,५०७
गुल्मी–          १,४६०
इलाम–        १,४४८
सुर्खेत –       १,४१७
सिन्धुली–      १,४०१
तनहुँ –        १,३९२
प्यूठान –      १,३३४
सल्यान –     १,२१३
दैलेख –       १,३००
ललितपुर –   १,३०८
नवलपरासी(पूर्व) – १,२८६
अछाम–       १,२६८
नवपरासी(पश्चिम)–    १,२१५
पाल्पा–        १,२१५
बैतडी –       १,१९१
बझाङ–       १,१८८
उदयपुर –    १,१६७
लम्जुङ –     १,१३७
रामेछाप–     १,१००
लम्जुङ–      १,०९७
दोलखा –     १,०२८
कालिकोट – १,०२५
पाँचथर –     १,०१२
अर्घाखाँची–  १,००९
रोल्पा –       ९८८
डोटी –        ९५३
धनकुटा –    ९४०
डडेल्धुरा –   ९३७
संखुवासभा - ९२०
भक्तपुर –    ८८६
जाजरकोट – ८६०
जुम्ला –        ८४३
दार्चुला –      ८२९
भोजपुर–     ८६०
पर्वत –       ८४५
सोलु–        ८२९
रुकुम पश्चिम- ७७५
बाजुरा –       ७४९
ताप्लेजुङ–    ७३६
म्याग्दी –       ७३३
मुगु –           ५६४
डोल्पा –       ५४३
हुम्ला –        ५३८
तेह्रथुम–       ४९१
रुकुम पूर्व –  ४५०
रसुवा–         ३३०
मुस्ताङ–      २८५
मनाङ–        २२८