मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Thursday, 13 August, 2026
२o७९ मङ्सिर १ बिहीबार २o:o३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव : नाट्यकर्मीको अनुभव आदान–प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार २o:o३:oo

नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२) को पूर्वसन्ध्यामा ‘म त लालिगुराँस भएछु’ शीर्षकमा नाट्यकर्मीहरूले आफ्ना अनुभव आदान–प्रदान गरेका छन्। पुराना पुस्ताका नाट्यकर्मीहरूले यस सेसनमा नयाँ कलाकारसँग आफ्ना अनुभव साझा गरेका हुन्।

निटफेस्टले अग्रज रंगर्मीहरूसँग नेपाली रंगमञ्चका अनुभव, कला, शैली, संघर्ष र तत्कालीन समय सन्दर्भबारे अन्तर्क्रिया गरेको हो। कार्यक्रममा अग्रज रंगकर्मीहरू पुस्कर गुरुङ, विजय विस्फोट, वीरेन्द्र हमालसँग रंगकर्मी सरिता गिरीले छलफल गरेकी थिइन्। अन्तर्क्रियाका क्रममा डबली थिएटरका संस्थापक पुस्कर गुरुङले अहिलेको पुस्ताले नाटकमा निकै राम्रो गरिरहेको बताए।

त्यस्तै, नाटककार, निर्देशक, अभिनेता विजय विस्फोटले राज्यले रंगकर्मीलाई चिन्न नसकेको गुनासो गरे। ‘देशले अझै पनि रंगकर्मी चिनिरहेको छैन, यहाँ रंगमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड दिनुपर्छ,’ उनले भने।

नेपाली रंगमञ्चमा कलाकार, एमआर्ट थिएटरका संस्थापक वीरेन्द्र हमालले कुनै समय आफू रित्तिएर नेपाली रंगमञ्चमा केही भर्ने प्रयास गरेको अनुभूति सुनाए। ‘कुनै वेला आफूले जन्माएका कलाकारका सामु यसरी नेपाली रंगमञ्चको अनुभव बाँड्न पाउनु आफू भरिएको अनुभूति भइरहेको छ,’ उनले भने। मंसिर ९ देखि १७ गतेसम्म हुने महोत्सवमा विभिन्न देशका २२ नाटक, विभिन्न तालिम, सेमिनार, कार्यशाला, अन्तर्क्रिया, कला प्रस्तुतिहरू हुनेछन्। मण्डला थिएटरले आयोजना गरेको महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूहहरू सहभागी हुनेछन्।