मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Friday, 11 July, 2025
२o७९ कार्तिक २९ मंगलबार १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आसन्न निर्वाचनका लागि लमजुङको सुरक्षा व्यवस्था चुस्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १७:३९:oo

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लमजुङको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ। जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए।

उनका अनुसार जिल्लाको २२ मतदानस्थल अतिसंवेदनशील, ८३ मतदानस्थल संवेदनशील र २३ मतदानस्थललाई सामान्यमा राखिएको छ। ८ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ  वैद्यले बताए । उनका अनुसार निर्वाचनमा सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना,  नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना ४ सय ६०, सशस्त्र प्रहरी १ सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिएका छन्। 

उनीहरूलाई मतदानस्थल, मतदान केन्द्रको सुरक्षार्थ परिचालन गरिएको छ। पहिलो घेरामा हतियारसहितको नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिर नेपाली सेना परिचालन गरिएको छ। 

लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन्। संघतर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन्।

त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए।