खेलाडीपछि २२ क्लबले लगाए एन्फा मुख्यालयमा ताला
एन्फा नेतृत्वले सम्झौताविपरीत एकपक्षीय रूपमा ‘ए’ डिभिजन लिगको मिति घोषणा गरेपछि २२ क्लबले सोमबारदेखि तालाबन्दीसँगै रिले अनशन सुरु गरेका छन् । क्लबका पदाधिकारीहरूले आफ्ना माग पूरा नभएसम्म ताला नखोल्ने बताएका छन् ।