३५ वर्षमा कसले कसरी चलाए सरकार ?
साढे तीन दशकमा देशले ३० जना प्रधानमन्त्री पायो । कसैले पनि पाँचवर्षे कार्यकाल पूरा गरेनन् । दल र नेताहरूका राजनीतिक तिकडमले सरकार बन्ने र ढल्ने चक्र चलिरह्यो । जनताले बहुमत दिएर सिंहदरबार पठाएका दलले पनि बिचमै संसद् विघटन गरेर देशलाई मध्यावधिमा धकेले ।