बुद्ध र बुद्धिजम विश्वलाई भारतले दिएको हो ?
जुन बुद्धले सबैलाई ‘सत्य बोल’ भन्ने शिक्षा दिए, उनका बारेमा हाम्रो छिमेकी मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीले झुटो बोल्नु आश्चर्यजनक बन्न पुग्यो । महामहिम प्रधानमन्त्रीज्यू बुद्ध र बुद्धवाद विश्वलाई भारतले होइन, नेपालले दिएको हो ।