अनुदानमा बनेका भूकम्प प्रभावितका घर पहिरोले बगायो, पुनर्निर्माण प्राधिकरणले साढे चार सयको बिमा नगरिदिँदा पीडितलाई आर्थिक भार
प्रधानमन्त्री नेतृत्वको पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले भूकम्पपीडितका नयाँ घरको बिमा गरिदिने निर्णय गर्यो, ४ सय ५० रुपैयाँ प्रिमियममा ५ लाखको बिमा गर्ने, त्यसको ५० प्रतिशत सरकारले अनुदान दिने कार्यविधिसमेत बन्यो, तर प्राधिकरणले कार्यान्वयन गरेन