चक्रपथको कलंकी–चाबहिल खण्ड नागरिकमैत्री बनाउन माग
कोटेश्वर–कलंकी १० दशमलव ३९ किलोमिटर सडक नागरिकमैत्री नभएको भन्दै जनस्तरबाट गुनासो आउन थालेको छ । पहिलेको चक्रपथमा भएको त्रुटिलाई सुधार गर्दै कलंकीदेखि चाबहिल खण्ड नागरिकमैत्री, अपांगमैत्री, साइकलयात्रीमैत्री चक्रपथ हुनुपर्ने आवाज उठेको छ ।