• वि.सं २०८१ बैशाख १५ शनिबार
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २१ मंगलबार ०९:२४:००
मुख्य समाचार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २१ मंगलबार ०९:२४:००

आज बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको । अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ । आजको बैठक बिहान ११ बजेबाट बस्ने कार्यक्रम थियो । 

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका छन् । सोमबारको बैठकमा ४६ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । 

आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि सांसदहरूले सोधेका प्रश्नको अध्यक्षले जवाफ दिने कार्यसूची राखिएको थियो । पार्टीको केन्द्रीय समितिको बैठक गत आइतबारबाट जारी छ ।