१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका नयाँदिल्ली
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कांग्रेस नेता राहुल गान्धी धर्नास्थलबाटै पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

नेसनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनियाँ गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलीलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका कांग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ।

धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका वेला उनलाई हिरासतमा लिइएको हो। नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको बताइएको छ।

इडीले शक्तिको दुरुपयोग गरी  विपक्षी दलकी नेतृ गान्धीलाई दुःख दिएको भन्दै कांग्रेसका कार्यकर्ताले देशव्यापी रूपमा विरोध प्रदर्शन गरिरहेका छन्। ‘बढ्दो महँगो र बेरोजगारीबारे संसदमा बोल्न पाइँदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,’ प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन्। पार्टीका धेरै सांसदहरू गान्धीसँगै पक्राउ परेका छन्। रासस/एएनआई