१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ असार ९ सोमबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार

अदालतबाटै फरार भए प्रहरी नियन्त्रणमा रहेका अभियुक्त 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार २१:o५:oo

चेक अनादर मुद्दामा कैद सजाय पाएका एक अभियुक्त मोरङ जिल्ला अदालतपरिसरबाटै फरार भएका छन्। 

विराटनगर–१३ का ४० वर्षीय विजयशंकर झालाई प्रहरीले आइतबार पक्राउ गरी सजाय भुक्तानका लागि जिल्ला अदालत ल्याएको थियो। सोही समयमा उनी पुनः फरार हुन सफल भएका हुन्। उनलाई अदालतले दुई वर्ष कैदको सजाय फैसला गरेको थियो। फैसलालगत्तै उनी फरार रहँदै आएका थिए। सजाय कार्यान्वयन गर्न प्रहरीले झालाई सुनसरीको दुहवीबाट पक्राउ गरी आइतबार विराटनगर ल्याएको थियो। 

प्रहरी नियन्त्रणमा रहेका अभियुक्त झा मोरङ जिल्ला अदालतमा बुझाउने क्रममा शौचालय जाने बहानामा भागेका हुन्। 
मोरङका एसपी नाराणयण चिमोरियाले फरार अभियुक्तको खोजी भैरहेको बताए।