Skip This
रवीन्द्र मिश्रलाई पञ्चा सिंहको सुझाब : तपाईं रेडियोमै फर्किनुस्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १९ आइतबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्रलाई पञ्चा सिंहको सुझाब : तपाईं रेडियोमै फर्किनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार १६:३२:oo

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले  रवीन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छिन्। सडकको मोर्चा खाली देखेर मण्डलेहरू सलबलाउन खोजेको भन्दै अध्यक्ष सिंहले अहिले पनि सडकको मोर्चा विद्यार्थीहरूले सम्हालिरहेको दाबी गरिन्। 

‘सडक खाली छैन सडकमा अखिल (क्रान्तिकारी) छ, नेविसंघ छ, अखिल र समाजादी विद्यार्थी युनियनसहित दर्जनौँ विद्यार्थी संगठन अहिले पनि मैदानमै छन्। मुलुकको पौने एक करोड विद्यार्थीहरूको संगठनको तागतलाई कम नआक्नुस्,’ सिंहले  चुनौती दिंदै भनिन्, ‘रवीन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्कीपूर्ण नारा पोतिएको ब्यानरअघि उभिएर हाम्रो आन्दोलन र परिवर्तनविरुद्ध बकबक गरेछन्, म चेतावनी दिन चाहन्छु, दरबारलाई ढालेर आएको यो आन्दोलनलाई  दरबारका भारदार र सेवकहरूले नजिस्क्याउन्।‘ 

विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग  लडेको इतिहास पढ्न सुझाब दिँदै उनले प्रश्न  गरिन्,  'विद्यार्थी संगठनसामु दरबारीया मालिकहरूले घुँडा टेके तर संगठनलाई प्रतिबन्ध गर्न सकेनन्, मिश्रहरूले कसरी यो आन्दोलन र संगठनलाई कसरी खारेज गर्न सक्छन्?’

उनले रवीन्द्र मिश्रलाई रेडियोमा फर्किनसमेत सुझाब दिइन्। ‘म मिश्रजीलाई हार्दिकतापूर्वक रेडियोको काममा फर्कन सुझाब दिन्छु , रवीन्द्र मिश्रजस्ता अनुभवी रेडियोकर्मीको त्यहाँ खाँचो छ,’ उनले भनिन्।