१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १७ शनिबार २o:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार २o:४५:oo

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि हुने गरी लिटरमा पेट्रोलको दुई रुपैयाँ र डिजेल–मट्टीतेलको एक रुपैयाँले मूल्य बढाएको हो । 

इन्डियन आयल कर्पाेरेसनबाट मूल्य बढेर आएपछि सोहीअनुसार नेपालमा मूल्य बढाइएको निगमको भनाइ छ । भारतले शनिबार प्रतिलिटर पेट्रोलमा २.११ रुपैयाँ र डिजेलमा १.०९ रुपैयाँ मूल्य बढाएर पठाएको थियो । त्यसपछि निगमको सञ्चालक समितिले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । 

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल–मट्टीतलको १४३ रुपैयाँ पर्नेछ । यसअघि यो क्षेत्रमा प्रतिलिटर पेट्रोलको १५७ र डिजेल–मट्टीतेलको १४२ रुपैयाँ मूल्य थियो । 

यसैगरी अब सुर्खेत र दाङलगायतका क्षेत्रमा प्रतिलिटर पेट्रोलको १५८ र डिजेल–मट्टीतेलको १४२ रुपैयाँ मूल्य पर्नेछ । 

यसैगरी चारआली, विराटनगर, अमेलखगन्ज, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको १५६.५० रुपैयाँ र डिजेल–मट्टीतेलको १४०.५० रुपैयाँ प्रतिलिटर मूल्य निर्धारण गरिएको छ । साथै, एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।

हवाई इन्धनको मूल्य भने घटाइएको छ । भारतले शनिबार हवाई इन्धनको मूल्य प्रतिलिटर २.५७ रुपैयाँले घटाएर पठाएको छ । त्यसपछि नेपालमा आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

यसअघि १२१ प्रतिलिटर रहेको हवाई इन्धन अब ११८ रुपैयाँमा पाइनेछ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हजाई इन्धनको मूल्य प्रतिकिलोलिटर २२ डलरले घटाइएको छ ।

पोखरा र भैरहवाका लागि भने ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमको भनाइ छ । अब काठमाडौंमा प्रतिकिलोलिटर ९०१ डलर, पोखरामा ७२१ डलर र भैरहवा ७०६ डलरमा हवाई इन्धन पाइनेछ ।