धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
राजमार्गमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। पहिरो पन्छाउने काम सुरु नभएसम्म राजमार्गमा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको छ।
पहिरोका कारण राजमार्गमा सवारीसाधनको लामो लाइन लाग्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित निकायले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।