धनकुटाको चौबिसे गाउँपालिका– ६, धाराचोकमा अलकत्रा तताउने क्रममा भारतीय नम्बर प्लेटको गाडीमा आगलागी भएको छ।
रवि–राँके–भेडेटार सडकखण्डमा सडक निर्माणका लागि प्रयोग भइरहेको निर्माण कम्पनीको गाडी सडकमा रोकी अलकत्रा तताउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
घटनामा मानवीय क्षति भने भएको छैन।