मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्भेयर खटाउने प्रक्रिया स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १२:३३:oo

सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी र सुशासनमा आधारित बनाउन प्रणाली विकास गरिएको हो।

हाल सबै सर्भेयरको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रणालीले सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोट गर्नेछ।

तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट हुने भएकाले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थाको पहिचान तथा नियन्त्रण गर्न सहयोग पुग्नेछ।

प्रणालीमार्फत सर्भेयरले पाएको काम, सम्पन्न गरेको काम तथा नयाँ जिम्मेवारी लिन सक्ने अवस्था रहे–नरहेको विवरणसमेत ‘ट्र्याक’ गर्न सकिनेछ। यसले बिमा दाबीको क्षति मूल्यांकन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुका साथै समय र लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

↑