मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मंगलबार आगजनी गरिएको पोखराका दुई स्थानमा दुईजनाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध ‘जेनजी’ले पोखरामा गरेको प्रदर्शनका क्रममा मंगलबार आगजनी गरिएका दुई भवनमा दुईजनाको शव फेला परेको छ।

प्रदर्शनकारीले आगजनी गरेका पोखरा महानगरपालिका– ६ लेकसाइडस्थित एक रिसोर्ट र पोखरा– ९ नयाँ बजारस्थित एक शोरुममा एक–एकजना गरी दुईजनाको जलेको अवस्थामा बुधबार शव फेला परेको हो।

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा अध्यक्ष रहेको अंशुभरा ग्रुपको लेकसाइड बाराहीचोक नजिकैको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’मा बुधबार एकजनाको शव फेला परेको हो। सो रिसोर्ट ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका मन्त्री थापाका छोरा सौगात थापाले संचालक गरेका हुन्। ७० करोड लागतमा निमार्ण गरेको भनिएको रिसोर्टको १४ साउन ०८२ मा नेपाल सरकारकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन्।

यसैगरी, नयाँ बजारस्थित मन्त्री थापाका भाइ धुव्र थापाले संचालन गरेको हिमालयन अर्गनाइजेशन रहेको भवन र भवनमा रहेका विभिन्न गाडीको शोरुममा पनि एक युवतीको जलेको अवस्थामा शव फेला परेको हो। मन्त्रीका भाइ धुव नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्षसमेत हुन्।

दुबै शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएका हुन्। मंगलबारको आगो निभाउने क्रममा रिर्सेटमा भेटीएको शव जलेर हड्डी मात्र रहेको अवस्थामा र शोरुममा भेटिएको शव पूर्णरुपमा जलेको अवस्थामा भेटिएको हो। दुबै शवको शनाखत भएको छैन।

मंगलबार प्रदर्शनले उग्र रुप लिएपछि पोखरामा रहेका अधिकांश सरकारी कार्यालयहरु जलाइएका थिए भने केही निजी भवनसँगै पोखराको लेकसाइडस्थित एक दर्जन होटलहरुमा समेत तोडफोड र आगजनी भएको थियो।