
जेन–जी आन्दोलन स्थगित भएको अवस्थामा केही युवाहरूले आज बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।
जनप्रतिनिधिका कुर्सी, नेमप्लेटलगायत सामग्री कार्यालयबाहिर ल्याई तोडफोड तथा आगजनी गर्ने क्रममा स्थानीय १६ जनालाई नियन्त्रणमा लिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
कार्यालयमा क्षति हुन नदिन प्रहरीले तत्कालै हस्तक्षेप गरी युवाहरूलाई नियन्त्रणमा लिएको र थप अप्रिय घटना हुन नदिन सुरक्षा कडाइ गरिएको प्रजिअ तामाङले बताए।