
सोमबार बानेश्वरमा गोली हानेर सरकारले आन्दोलनमा उत्रिएका विद्यार्थी मारेपछि उत्तेजित भएका आन्दोलनकारीहरूले आन्दोलनलाई थप आक्रामक बनाउँदै लगे । मंगलबार उनीहरूले सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरूले मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा तोडफोड र आगजनी गरे । हजारौँको भिडले सबै सुरक्षा तह पार गर्दै शीतलनिवास छिरेर आगजनी र तोडफोड गरेको थियो । सोमबार नै ठुलो प्रयत्न गरेका आन्दोलनकारी मंगलबार बानेश्वरको संसद् भवनमा छिरेर आगजनी गरे । आगजनीपछि संसद् भवन र सिंहदरबार ध्वस्त बनेको छ । बुधबार नयाँ पत्रिकाको क्यामेरामा कैद भग्नावशेष संरचनाको तस्बिर :