मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format १o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपिलवस्तु कारागारबाट कैदीबन्दी फरार, अदालतमा आगजनी 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format १o:o७:oo

जेन–जी आन्दोलनको बहाना बनाएर कपिलवस्तु कारागारका अधिकांश कैदीबन्दी फरार भएका छन् । ४७० जना कैदीबन्दीमध्ये करिब ३५ जना कारागारमा रहेको र भागेका ३५ जना पक्राउ गरी  कारागार ल्याइएको बताएको छ।

३५ जनाबाहेक सबैजना कारागारबाट भागेको थिए । फरार कैदीहरूले कारागारनजिकै रहेको जिल्ला अदालत कपिलवस्तुमा तोडफोड र आगजनीसमेत गरेका छन्, जसबाट भवन, कागजात र उपकरणमो क्षति पुगेको छ ।

फरार कैदीहरूलाई नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले बताएका छन्। उनले भने, ‘सुरक्षा निकायले अहोरात्र नियन्त्रणको प्रयास गरिरहेको छ । फरार कैदीलाई कुनै हालतमा उन्मुक्ति दिइनेछैन । आदेश उल्लंघन वा हिंसात्मक गतिविधि गरे गोली प्रहारसम्मको आदेश दिइएको छ ।’

यसैबिच, जिल्ला सुरक्षा समितिले २४ भदौ राति १० बजेदेखि नेपाली सेनासहितको संयुक्त सुरक्षा गस्ती सुरु गरेको जनाएको छ । समितिले अवाञ्छित गतिविधि गर्ने वा सार्वजनिक सुरक्षामा धावा बोल्ने जो–कोहीमाथि कडा कारबाही गरिने बताएको छ ।