मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o९:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेशका जिल्लाहरूमा आज पनि कर्फ्यु, सडकमा नेपाली सेनासहित गस्ती बढ्यो 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

जेन–जी आन्दोलनको क्रममा भएको जनधनको क्षति नियन्त्रण गर्न मधेशका जिल्लाहरूमा आज पनि कर्फ्युलाई निरन्तरता दिइएको छ। सप्तरी, महोत्तरी, बारा, सर्लाही जिल्ला प्रशासन कार्यालयले बुधबार बिहानै विज्ञप्ति जारी कर्फ्यु लगाएको जानकारी दिएका छन्। बाँकी जिल्लाहरूमा पनि कर्फ्यु लगाउनेबारे छलफल भइरहेको बताइएको  छ । धनुषाको सुरक्षा निकायका प्रमुखहरू अहिले छलफलमा रहेको जनाइएको छ।

सुरक्षा कमान्डको जिम्मा नेपाली सेनाले लिएपछि मधेश प्रदेशकाे राजधानी जनकपुरसहित मधेशका सबै जिल्लाका सदरमुकामहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा निकायले संयुक्त गस्ती गरिरहेका छन् । नेपाली सेनाले अनावश्यक बाहिर आवतजावत नगर्न तथा समूहमा बाहिर नआउन र संयमता अपनाउन सबैसँग अपिल गरेका छन्।