मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
मोहन विष्ट काठमाडाैं
Invalid date format o९:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुर कारागार रित्तियो, ९६ प्रतिशत कैदीबन्दी फरार

Read Time : < 1 मिनेट
मोहन विष्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२o:oo

विगतदेखि क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी रहेको कञ्चनपुर कारागार अहिले रित्तिएको छ । ९५ कैदीबन्दी क्षमता रहेको पञ्चायतकालीन कारागार अहिले रित्तिएको छ। क्षमताभन्दा निकै बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ थियो, तर अहिले भएका कैदीबन्दी भागेपछि रित्तिएका छन्।

जेन–जी युवा विद्यार्थी कञ्चनपुर कारागार पसेपछि अधिकांश कैदीबन्दी भागेका छन् । मंगलबार साँझ कारागार पसेका आन्दोलनकारीले दुवै मूलगेट तोडफोड गरेपछि खुसी भएर कैदीबन्दी भागेका हुन् । ४७९ कैदीबन्दीमध्ये ४५९ कैदीबन्दी भागेका छन् । २६ भारतीय कैदीबन्दी पनि थिए। 

कञ्चनपुरका निमित्त जेलर रामदत्त जोशीले हजारौँको संख्यामा बाहिर  र मूलगेट तोडेर भित्रै पसेपछि कैदीबन्दी भागेको बताए । ‘कारागार सुरक्षाकर्मी, प्रशासन, केही कैदीबन्दीले अनुरोध गर्दागर्दै पनि भागे,’ उनले भने, ‘कारागार नछाड्नेलाई चेतावनी दिएपछि केही भागे पनि उनीहरु हामीहरूको सम्पर्कमा छन् ।’ अहिले नाै महिला, ११ पुरुष गरेर २० मात्रै कैदीबन्दी कारागारमा रहेका छन् । ९६ प्रतिशत केदीबन्दी भागेका छन् । कारागार प्रशासनले भागेका कैदीबन्दीलाई कैद भुक्तानका लागि कारागार प्रशासनले अनुरोध  गरेको छ ।