
खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । सोमबार सरकारले १९ जना जेन–जीको हत्या गरेको भन्दै उनले पदबाट राजीनामा दिएको जनाएका छन् ।
युवाहरू आफ्नो सहयोगी, जोस र ऊर्जाको सूत्रधार भएकाले सोमबार सरकारद्वारा भएको दमनको विरोध गर्दै राजीनामा दिएको बताएका छन् ।सामाजिक सञ्जालमार्फत उनले सो जानकारी दिएका हुन् ।