मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतमा साढे चार बजेपछि कर्फ्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १७:१o:oo

सुर्खेतमा जेन जी आन्दोलनले उग्ररुप लिन थालेपछि प्रशासनले कफ्र्यू लगाएको छ । आइतबारबाट जारी जेन जीको आन्दोलन थप हिन्सात्मक बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साँझ ४ः३० बजेदेखि लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो ।

‘मिति २०८२÷०५÷२४ गते बेलुका ४ः३० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाभित्र देहायका चारकिल्ला तोकी सो सीमानाभित्र कसैले आवत जावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

प्रशासनले रत्नराजमार्ग अन्तर्गत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ ।