
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको हो । काठमाडौंमा जेन–जीहरूको प्रदर्शन जारी छ ।
जेन–जीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ ।
यद्यपि, सोमबारको बैठक नियमित भए पनि आजको विषयमा बढी केन्द्रित रहेको पाइएको छ ।
आन्दोलनका क्रममा अहिलेसम्म पाँचजनाको मृत्यु भएको र सयौँजना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने तीनजना पत्रकारसमेत घाइते भएका छन् ।