मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अगस्टमा भित्रिए साढे ८८ हजार पर्यटक

पर्यटक आगमनमा २२ प्रतिशतले वृद्धि, ४० प्रतिशत पर्यटक भारतीय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

नेपालमा पर्यटन आगमन क्रमश: बढ्दै गएको देखिएको छ । सन् २०२५ को अगस्टमा ८८ हजार ६ सय ८० पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकले पर्यटक आगमन वृद्धिदर उच्च देखिएको छ । कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमश: पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताएका छन् । उनले भने, ‘भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौँ ।’

बोर्डको तथ्यांकअनुसार अगस्टमा भारतबाट ३५ हजार पाँच सय पाँचजना अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् । नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने देशमध्ये चीन दोस्रो रहेको छ । चीनबाट सात हजार पाँच सय ३३ अर्थात् ८.५ प्रतिशत पर्यटक भित्रिएका हुन् । त्यस्तै, मेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट पाँच लाख नौ सय ५६ अर्थात् ६.७ प्रतिशत र बंगलादेशबाट चार हजार दुई सय ६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ ।

आठ महिनामा सवा सात लाख पर्यटक
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार एक सय ३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ ।

एसियाका अन्य मुलुकमा १५ हजार सात सय ७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार एक सय ३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार चार सय ३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट सात हजार दुई सय ९३ अर्थात् ८.२ प्रतिशत, मध्यपूर्वबाट नौ सय ४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट तीन सय २२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६ सय ४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ ।

सन् २०२५ को जुलाईमा ७० हजार एक सय ९३ पर्यटक भित्रिएका थिए । नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यले सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ हिमालमा नि:शुल्क आरोहण खुलाइसकेको छ । 

छुटाउनुभयो की ?