मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १६ सोमबार २o:o२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

एआइजी कार्कीको ‘ढाका टोपी शिरैमा’ गीत सार्वजनिक [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार २o:o२:oo

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीको ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार बिग मुभिजमा आयोजित समारोहमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

‘ढाका टोपी शिरैमा’ बोलको गीत हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा समावेश छ। एआईजी कार्कीले शब्द सिर्जना गरेको गीतमा दीपक शर्माले संगीत भरेका छन्। गीतमा आशिष अविरल र मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। जोडीको रुपमा रहेका प्रकाश र स्वस्तिमाले गीतमा छमछमी नृत्य गरेका हुन्।

कार्यक्रममा बोल्दै गीतकार कार्कीले टोपी पुरुषको शिरको सान रहेको र हिमालझै अटल रहेको बताए। उनले गीतमा पुरुषको प्रेम प्रस्ताव, महिलाको स्वनिर्णय र द्वन्द्व रहेको बताए। 

कलाकार हरिवंश आचार्यले हरिबहादुर क्यारेक्टरमाथि फिल्म बनाउनुको कारण खुलाए। ‘हरिबहादुर क्यारेक्टरले यो क्षेत्रमा निरन्तरता दिन बल दियो। टेलिभिजनमा गर्न फण्डिङ जुटाउनुपर्यो, निरन्तरता दिन गाह्रो भयो। यो क्यारेक्टरलाई ठूलो पर्दामा लग्यो भने पछिसम्म रहन्छ भनेर। सिरियलमा भन्दा फिल्ममा सुरूदेखि अन्तिम क्यारेक्टरमा रहनुपर्ने रहेछ। टेलिभिजनमा हरिबहादुरले अरूलाई रूवाएको थियो। फिल्ममा आफैँ रोएको छ। यही फरक छ,’ उनले भने।

‘हरिबहादुरको जुत्ता’ फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। यो फिल्म दसैँको फूलपातीको दिनबाट रिलिज हुनेछ।

हेर्नुस् भिडियाे :

छुटाउनुभयो की ?