मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ११ बुधबार १५:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ५३ अंकले बढ्दा साढे सात अर्बको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १५:२२:oo

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ५३.०१ अंक (१.९१ प्रतिशत)ले बढेर दुई हजार ८१९.१० अंकमा पुगेको हो। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेको छ।

आज ३२१ कम्पनीका एक करोड ४९ लाख ८६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन नेप्सेका सबै १३ समूहको सूचक उकालो लागेका छन्। विकास बैंक सबैभन्दा धेरै ३.४० प्रतिशतले बढ्दा लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा समता घरेल् लघुवित्त, ग्रिन भेन्चर र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स क्रमशः ९, ८ र ७ प्रतिशतले उकालो लागेका छन्।

यता सर्वाधिक घटेको रिपब्लिक मिडियाका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरै गुमाएका छन्। सिवाइसी नेपाल लघुवित्त तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।