
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर तथा विलासिताका सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रसँग भेट हुनाले साता रमाइलो गरी बिताउन सकिनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । सेयरबजार तथा वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । साताको अन्त्यमा खर्चमा नियन्त्रण गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पैतृक धनसम्पत्तिको प्रयोग तथा परिचालनमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने योग रहेको छ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । लामो दूरीको वैदेशिक यात्रा हुनुका साथै व्यापारबाट सोचेअनुसार आम्दानी गर्न सकिनेछ । बुधबारदेखि सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा रहेकाले त्यसबाट सफलता मिल्नेछ । साताको अन्त्यमा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्यमा रुचि बढ्नेछ । परिवार तथा आफन्तजनसँग धार्मिक कार्यमा समय व्यतीत हुनाले दिन रमाइला होला । नयाँ काम पाउने, स्थानान्तरणको ग्रहयोग रहेको छ । सेयरबजारबाट मनग्गे धनआर्जन गर्न सकिनेछ । साताको अन्त्यमा नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । कुनै शुभ समाचार सुन्न पाइएला । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मनग्गे धनलाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैंक तथा वित्तीय क्षेत्र र सेयरबजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जाने तथा लामो दूरीको यात्राको योग छ । पढाइ–लेखाइमा सफलता हात पार्न सकिनेछ । साताको अन्त्यमा घरमा मांगलिक कार्य सम्पादन गर्ने अवसर जुर्नेछ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । साताको अन्त्यमा दाम्पत्य सम्बन्धमा सुमधुरता प्राप्त हुनेछ । बालबच्चाबाट पनि सुख–सन्तोष प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको प्रगतिमा मन रमाउनेछ । इष्टमित्र तथा आफन्तका साथ धार्मिक यात्राको अवसर जुर्नेछ । बुधबारदेखि अदालती निर्णय तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दा किनारा लाग्नेछन् । साताको अन्त्यमा व्यापार तथा सेयरबजारमा लगानी बढाई आम्दानीका स्रोत बढाउँदै लैजान सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रयत्न गर्दा ठुलै उपलब्धि हातलागी हुनेछ । शुभचिन्तकहरू जुट्नाले चिताएका काम सजिलै बन्नेछन् । बिहीबार र शुक्रबार घरायसी समस्याले अल्झाउन सक्छ । समयमा जुट्न नसक्दा चिताएका काममा पनि बाधा पर्नेछ । सप्ताहान्तमा परिस्थितिअनुकूल बन्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् र मनग्गे धनलाभ पनि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मिहिनेतपूर्वक काम गर्दा चिताएको फल प्राप्त हुनेछ । तार्किक बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ । पहिले टाढिएका आफन्त पनि नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । सप्ताहान्तमा तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भमा सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा सेयरबजारको लगानीबाट नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । बिहीबारबाट आफूले प्रयोग गर्ने सवारीसाधन प्रयोग गर्दा ख्याल गर्नुपर्नेछ । समय मध्यम रहेको छ । सप्ताहान्तमा चिताएको काम पूरा गर्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) वेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । बुधबारदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनीको योग रहेको छ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मिहिनेत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । मानसम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ । सप्ताहान्तमा परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रारम्भमा मनग्गे आम्दानी हुनेछ भने चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ । परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । विभिन्न किसिमका भौतिक लाभ हुनेछ भने सवारीसाधन प्राप्तिको योग रहेको छ । सप्ताहान्तमा रमाइला क्षणको सहयात्री भइएला ।