मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

तनहुँमा यसरी भयो बस दुर्घटना(भिडियोसहित) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

नारायणगढबाट गोरखा जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका– २ स्थित ऐनापहरामा  दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। 

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको बा.२ ख १०७७ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो ४ बजेर २० मिनेटको समयमा दुर्घटना भई मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु पर्खिएर रोकेर राखेको अवस्थामा बस पछाडि गएर भिरबाट खसेको हो। बसपछाडि गएपछि नौजना यात्रु ढोकाबाट हतार-हतार निस्किएका थिए। पाँचजना भने बसभित्रै परे। तनुहँका एसपी वीरेन्द्र शाहीका अनुसार बसका चालक पनि बसभित्रै थिए। ब्रेक नलाग्दा त्यसरी बस पछाडि गएर फर्किएको चालकले बताएका छन्।  

दुर्घटनामा घाइते भएका गोरखा सहिद लखन गाउँपालिकाकी ४० वर्षीया सुनु थापा, गोरखा नगरपालिकाका ५४ वर्षीय सनबहादुर गुरुङलाई चितवन लगिएको छ। सहिद लखन गाउँपालिकाकी ४३ वर्षिया सीता थापा, ३८ वर्षीया मीना थापा र तनहुँको आँबुखैरेनी गाउँपालिकाका ७ वर्षीय खुसी रामदाम सामान्य घाइते भएका छन्। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान थालिएको एसपी शाहीले बताए। 

भिडियो: