मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पतञ्जली जग्गा प्रकरण : तत्कालीन कानुनमन्त्री सिंहसहित दुईजनासँग धरौटी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा कम मूल्यमा किनी बढीमा बेचेको अभियोग लागेका दुई प्रतिवादी आइतबार विशेष अदालतलमा उपस्थित भएका छन्। दुवैजनासँग धरौटी मागको आदेश भएको विशेषले जनाएको छ।

‘प्रेमबहादुर सिंहसँग ५० हजार र शालिग्राम सिंहसँग ३५ लाख धरौटी मागको आदेश भएको छ,’ विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले भने। यसमध्ये प्रेमबहादुर तत्कालीन कानुनमन्त्री हुन्। उनी मन्त्रिपरिषद्को विधेयक समितिका तत्कालीन सदस्य थिए। शालिग्राम नेपालमा उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस जग्गा सम्बन्धित चारवटै कसुरमा प्रतिवादी बनाएको छ।

काभ्रेको नासिकास्थान साँगा महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरिएको थियो। उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यम बेचबिखन गरेको सम्बन्धमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जना प्रतिवादी छन्। यस मुद्दामा अख्तियारले पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि मुद्दा चलाएको हो भने मन्त्रीदेखि कर्मचारीलगायतका प्रतिवादी बनाइएका छन्।

मन्त्रिपरिषद्बाटै निर्णय गराइ बदनियतपूर्वक जग्गा खरिद-बिक्री भएको दाबी अभियोगपत्रमा छ। गत जेठ २२ मा अख्तियारले यो मुद्दा विशेषमा दर्ता गराएको हो।