मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
२o८२ श्रावण १३ मंगलबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मधेश प्रदेशमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १४:o२:oo

लामो खडेरीका कारण सुक्खा संकटकाल घोषणा भएको मधेश प्रदेशमा विद्युत् प्रसारण तथा वितरणको अवस्था बुझ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली मधेश प्रदेश पुगेको छ। 

कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल अन्तर्क्रिया गरी सुक्ख खडेरी परी देखिएको संकटमा आमसर्वसाधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणमा के–कसरी कार्य गर्न सकिन्छ भनी सुझाव लिएका थिए।

सम्माननीय प्रधानमन्त्रीले मधेश प्रदेशका विभिन्‍न जिल्लामा पाँच सय डिप ट्युबवेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त ट्युबवेल सञ्‍चालनका लागि चाहिने विद्युतीय पूर्वाधारको निर्माण के–कसरी गर्न सकिन्छ भनी जानकारी लिएका थिए।
सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथि हुने, तर त्यसका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शाक्यले बताए।

हाम्रो कारणले यो संकटमा समस्या नआओस् भन्‍ने कुरामा सचेत रहेर नै आफैँ फिल्डमा पुगेर वास्तविकताबारे जानकारी लिएको शाक्यले बताए।