मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५o:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दुस्मनको सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५o:oo

कुनै वेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो । त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्न पाउने व्यवस्था कायम थियो । त्यसै समयमा एकजना धनी मानिसले बेन्कर नामको एउटा अत्यन्त मिहिनेती दास किनेर घरमा ल्याए । बेन्कर निकै परिश्रमी थिए । उनी काममा कहिल्यै ढिलासुस्ती गर्दैनथे । मालिकको सेवा गर्नुलाई आफ्नो धर्म मान्थे । त्यसैले, उनका यस्ता गुणबाट मालिक पनि सन्तुष्ट थिए ।

एक दिन बेन्कर आफ्नो मालिकसँगै त्यो स्थानमा गए, जहाँ गरिब मानिस जनावरसरी दासका रूपमा बिक्थे । त्यहाँ दासदासी खरिद बिक्री गर्ने हाटबजार नै लाग्थ्यो । त्यहाँ पुगेपछि बेन्करले एउटा बुढो दासलाई देखाउँदै तिनलाई किन्न आफ्ना मालिकलाई अनुरोध गरे । उनको कामबाट अत्यन्तै प्रभावित मालिकले सो आग्रह टार्न नसकी त्यो दास किनेर घर लगे । त्यो बुढो दास पाएपछि बेन्कर पनि अत्यन्तै प्रसन्न भए । उनी ती बुढा दासको मन लगाएर सेवा गर्थे ।

उनका हरेक क्रियाकलापमा चासो दिइरहेका मालिकलाई उनको व्यवहार देख्दा निकै अचम्म लाग्यो । एक दिन यसबारे बेन्करलाई सोधे । हैन बेन्कर, तिमीले ती बुढा दासको त्यसरी मालिकलाई जस्तै गरी सेवा गर्नुको कारण के हो ? कतै ती दास तिम्रा आफन्त त होइनन् ? मालिकको प्रश्न सुनेपछि बेन्करले जवाफ दिए, ‘यी बुढा दास मेरा कुनै नातेदार होइनन्, न त कुनै साथी नै हुन् ।

बरु यिनी मेरा सबैभन्दा ठुला शत्रु हुन् । बाल्यकालमा यिनैले मलाई दासका रूपमा बेचेका थिए । पछि आफैँ समातिए र दास बनाइए । मैले उनलाई एक दिन बजार जाँदा चिनेको थिएँ । मेरी आमाले मलाई भन्नुभएको थियो, यदि शत्रु नांगो छ भने उसलाई लुगा देऊ, भोको छ भने खाना खुवाऊ, प्यासी छ भने पानी पिलाऊ । यसैकारण, म उनको सेवा गर्दै छु । म आफ्नी आमाले दिएको शिक्षा र मार्गदर्शनमा अघि बढिरहेको छु हजुर ।’ बेन्करको यस्तो जवाफ सुनेपछि ती मालिकले बेन्करलाई अँगालो हाले र तत्काल उनलाई स्वतन्त्र गरिदिए ।