
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम छ ।
चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ । आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।