१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेइजिङमा श्वेत चैत्य सप्ताह, अरनिकोको सम्झना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४७:oo

चीनको राजधानी बेइजिङमा श्वेतचैत्य सांस्कृतिक सप्ताह शनिबारदेखि सुरु भएको छ। नेपाली कलाकार अरनिकोद्वारा बेइजिङमा निर्मित श्वेतचैत्यपरिसरमा आयोजित सांस्कृतिक सप्ताहको मुख्य नारा ‘चीन नेपाल सदाबहार मित्रता, सदाबहार सांस्कृतिक सम्पदा’ छ।

चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह २०२५ को उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले सम्बोधन गरेका थिए। नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भिडियोमार्फत सम्बोधन गरेका छन्।

राजदूत ओलीले नेपाल र चीनबिचको मैत्री सम्बन्धमा कलाकार अरनिकोले सबैभन्दा ठुलो योगदान दिएको बताए। उनले विभिन्न कालखण्डमा चिनियाँ र नेपाल भिक्षुले भ्रमण आदान–प्रदान गरेर दुई देशबिचको सम्बन्धलाई विकास गरेको उल्लेख गरे।

समारोहमा चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा ब्युरोअन्तर्गत सम्पदा क्षेत्र विभागका उपमहानिर्देशक चङ लै र बेइजिङ नगरपालिकाको सांस्कृतिक सम्पदा ब्युरोका उपमहानिर्देशक सोङ हाउच्येले पनि सम्बोधन गरेका थिए। १३औँ शताब्दीमा निर्मित श्वेतचैत्य नेपाल र चीन सम्बन्धको महत्त्वपूर्ण प्रतीक मानिन्छ। ‘महान् नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेतचैत्य बेइजिङको केन्द्र भागमा सदा संरक्षित रहेको छ,’ सिजिटिएनले लेखेको छ।

बेइजिङस्थित नेपाली दूतावासकी काउन्स्लर सविता नकर्मीले नेपालको पर्यटन प्रवर्द्धन गर्ने श्रव्यदृश्य सामग्री प्रस्तुत गरेकी थिइन्। सात सय वर्षभन्दा लामो समयदेखि नेपाल र चीनको मित्रतालाई उजागर गरिरहेको बेइजिङको श्वेतचैत्यलाई दुई देशबिचको मित्रताको प्रतीक मानिएको छ।