
इजरायल र इरानबिचको जारी युद्धमा अमेरिका पनि तानिने स्पष्ट संकेत देखिएको छ । ‘इजरायल–इरान युद्वमा अमेरिका संलग्न हुन सक्छ,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एबिसी न्युजलाई भनेका छन् । ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन् । इरान र इजरायलबिच लगातार तेस्रो दिन हमला भइरहेका वेला ट्रम्पको उक्त चेतावनी आएको हो ।
तेहरानका आणविक र गुप्तचर सुविधामाथि भइरहेका इजरायली हमलामा वासिंटनको ‘कुनै संलग्नता नरहेको’ उनले दोहो¥याए । इजरायल अमेरिकाको साझेदार मुलुक हो । गाजा आक्रमणमा अमेरिकाले इजरायललाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्दै आएको छ । शुक्रबार बिहान सुरु भएको इजरायली हमलामा आणविक र सैन्य ठाउँलाई निसाना बनाइएको थियो ।
तर, राष्ट्रपति ट्रम्पले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लाटफर्ममा ‘इरानमाथिको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको’ दोहोर्याए । तर, इरान आइलागेमा उसलाई नछोड्ने उनले चेतावनी दिए । ‘यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण गर्यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो अवस्थामा आइपर्नेछ जुन यसअघि कहिल्यै देखिएको छैन,’ उनले एक पोस्टमा भने ।