१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छानबिन गर्न र आवश्यक संरचना बनाउन सत्तापक्ष तयार : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

भिजिट भिसा प्रकरण अध्ययन तथा छानबिनका लागि सत्तापक्ष तयार भएको छ।

बानेश्वरबाट निस्किने क्रममा माओवादी अध्यक्ष प्रचण्डले छानबिनका लागि सत्तापक्ष तयार भएको जानकारी दिए। यद्यपि, छानबिन समितिकाे माग गरिरहेकाे रास्वपाले थप छलफलका लागि समय मागेको उनको भनाइ छ।

छानबिन र आवश्यक संरचना बनाउने प्रतिबद्धता आएको उल्लेख गर्दै प्रचण्डले भने, ‘सत्तापक्षको तर्फबाट छलफल गरेर अहिले भर्खरै हामीलाई जानकारी दिइयो। अध्ययन र छानबिन गर्ने तथा आवश्यक संरचना बनाएर ठोस रूपमा पहल लिने भन्ने प्रतिबद्धता आएपछि प्रतिपक्षको बिचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ।’

गृहमन्त्रीको राजीनामाभन्दा छानबिन मुख्य कुरा रहेको प्रचणडकाे भनाइ छ। ‘भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिहरूको बारेमा गम्भीर अध्ययन छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा हामी सबै प्रतिपक्ष पुग्यौँ,’ उनले भने।