
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी इलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ आरोप लगाएका छन् । टेक अर्बपति तथा पूर्वसहयोगीसँग विवाद बढिरहेका वेला ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।
विश्वका सर्वाधिक धनी र शक्तिशाली व्यक्तिबिचको तीव्र विवादले विश्वलाई चौतर्फी रूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ । ह्वाइट हाउसका अधिकारीले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता गर्ने सोचलाई त्यागिसकेका छन् ।
ट्रम्पले एयर फोर्स वानमा आफ्नो न्युजर्सी गल्फ क्लब जाने क्रममा पत्रकारसँग भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा म चीन, रुस, इरानसँगको छलफलमा व्यस्त छु । म इलन मस्कबारे सोचिरहेको छैन ।’