
राजावादीको संयुक्त जनआन्दोलन समितिले आज पनि आन्दोलन जारी राखेको छ। संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी शान्तिपूर्ण जनआन्दोलन जारी राखेको हो। विभिन्न स्थानबाट जुलुस सुरु भएर माइतीघर मण्डला, बिजुली बजारमा जम्मा हुने भएको छ।