Skip This
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हेम्सको नागरिक सामुदायिक शिक्षण अस्पतालमा छुट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १६ शुक्रबार १३:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हेम्सको नागरिक सामुदायिक शिक्षण अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १३:४२:oo

नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई हेम्स अस्पतालद्वारा सञ्चालित नागरिक सामुदायिक शिक्षण अस्पतालमा छुट हुने भएको छ । भक्तपुरको गठ्ठाघरस्थित सोही अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने अस्पताल र बैंकबिच सम्झौता भएको छ । 

सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र हेम्स अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको पाँच प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।    

सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरेका छन् ।