Skip This
संविधानमै गणतन्त्र उत्सव मनाउने व्यवस्था गर्न एमालेको प्रस्ताव 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संविधानमै गणतन्त्र उत्सव मनाउने व्यवस्था गर्न एमालेको प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३२:oo

सत्तारूढ दल एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन १५ जेठलाई गणतन्त्र उत्सवकै रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेको छ । त्यही दिन बजेट घोषणाको संवैधानिक व्यवस्थाले गणतन्त्र दिवसको महत्व ओझेलमा परेको भन्दै संविधान संशोधनमार्फत राष्ट्रिय उत्सव मनाउने व्यवस्था गर्नुपर्ने एमालेको प्रस्ताव छ ।

राजनीतिक दलहरूले राष्ट्रिय सहमति गरेर अर्को दिन बजेट ल्याउने गरी संविधान संशोधन गर्न सकिने महासचिव शंकर पोखरेलले बताए । एमालेले गणतन्त्र उत्सव मनाउन बिहीबार आयोजना गरेको तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै उनले राजनीतिक दलहरूबिच सहमति गरेर १५ जेठमा गणतन्त्र स्थापनाको राष्ट्रिय उत्सव मनाउने व्यवस्था संविधानमा लेखेर बजेट ल्याउने मिति परिवर्तन गर्न सकिने बताएका हुन् ।

‘भविष्यमा पार्टीको सोच के छ भने राजनीतिक दलहरूबिचको सहमतिमा संविधान संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गर्ने र बजेट प्रस्तुत गर्ने दिन फरक दिनमा लैजान उचित हुन्छ भन्ने लागेको छ,’ पोखरेलले भने, ‘किनभने त्यस दिनले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनायो, जनाधिकार स्थापित गर्ने काम गर्‍यो । लोकतन्त्रको उच्चतम रूप नै गणतन्त्र हो । त्यो दिनलाई उपेक्षा गर्ने, कमजोर गर्ने हिसाबले जुन प्रकारको गतिविधि भइरहेको छ, त्यो जनताका लागि स्वीकार्य छैन भन्ने सन्देश जनताको खुसियालीको माध्यमबाट प्रकट गर्नुपर्छ ।’ पोखरेलले गणतन्त्र उत्सव सबै नेपालीको कार्यक्रम भएको भन्दै उत्सव मनाउने सुरुवातका रूपमा लिएर सहभागी हुन सबै दलका नेता–कार्यकर्ता र जनसमुदायलाई आह्वान पनि गरे । ‘हामी जनताको खुसियाली प्रकट गर्ने कार्यक्रम बनाउन खोज्दै छौँ । त्यसैले एमाले मात्र होइन, सबै दलका नेता–कार्यकर्ता सहभागी भएर गणतन्त्र उत्सवका रूपमा मनाउन आह्वान गर्न चाहन्छु,’ उनले भने ।