
कैलालीमा प्रहरीले करिब साढे २५ लाख मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान टोलीले भारतबाट भन्सार छलेर ल्याइएका सामान कैलारी गाउँपालिका– ९ बाट बरामद गरेको हो ।
बेवारिसे अवस्थामा रहेका सुट, धोती, साडी, तौलिया, ब्लाउजलगायत २५ लाख ५४ हजार रुपैयाँ मूल्यबराबरका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका गणेश नाथले जानकारी दिए । बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको प्रहरीले जनाएको छ ।